आमाको कोखबाट सुरू हुने जीवन
अन्त्यमा धर्तीमा विलीन हुने जीवन
मलाई किन आगो झैं पोल्दछ?
चार दिनको त हो भन्छन् जीवन
मोडै मोडहरुले घेरिएको जीवन
मलाई किन अल्मलिएको झैं लाग्दछ?
सुख अनि दुःखको चक्रसरी जीवन
संघर्षले भरिपूर्ण भएको जीवन
मलाई किन केवल दुःख लाग्दछ?
हाँस्नु अनि रूनु पलहरुको जीवन
पाउनु अनि गुमाउनु क्षणहरुको जीवन
मलाई किन आँशुले भरिएको सागर लाग्दछ?
प्रकृतिको एक उत्तम वरदान जीवन
धनी अनि गरीबको भेद गराउने जीवन
मलाई किन गरिबीको सर्पले डसेझैं लाग्दछ?
This was written when I was at grade 5 and published in Space Time Daily Newspaper
Summarized by Google Gemini
यो कविताले जीवनका जटिलताहरूको गहिरो चिन्तन व्यक्त गर्दछ। यसले जीवनको सुरुवात र अन्त्यलाई तुलना गर्दै अस्तित्वको चक्रीय स्वभावलाई उजागर गर्दछ। कविले जीवनको छोटोपन र चुनौतीहरूमा प्रश्न उठाउँछन्, जीवनका उतारचढावले अभिभूत महसुस गर्छन्। उनी संसारको असमानता र दुःखलाई विचार गर्दा विशेषगरी भ्रमित र दुखी महसुस गर्छन्। अन्ततः कविताले जीवनप्रतिको दुःखद दृष्टिकोण प्रस्तुत गर्दछ, जसले मानव अस्तित्वसँगै आउने पीडा र संघर्षलाई जोड दिन्छ।