शासन गर्नेहरु, शासित हुन् मन पराउँदैनन्
साम दाम दण्ड, हर हालतमा शक्ति बाहिर हुँदैनन्।
शक्ति र सत्ताको नशा कुलत हो, एकदिन नासिन्छनन्
आफू त सकिन्छन्, देश व्यवस्था सकाउँछनन्।
नेता जनताले बनाउने हो, होईन झोला बोक्नेहरुले
सरकार र व्यवस्था जनताले रोज्ने हो, होइन समीकरणले।
किन्नेहरु मात्र होईन, विक्नेहरु पनि दोषी छन् यहाँ
साँवा सहितको नाफा, राजनीति व्यवसाय गर्छन यहाँ ।
मिठा मिठा सपनामा रमाउने जनता, बाड्नेको कमी छैन्
हर चुनावमा फेरि त्यही कर्म दोहोर्याउने पनि कमी छैन् ।।