परिवर्तन हेर्न शहर हैन, गाउँ जाउँ तिमी
ती बूढा बा आमालाई सोध, खै त छोरा छोरी भनी
ती कलिला केटा केटीलाई सोध, खै त बुवा आमा भनी
ती एक दुई किसानलाई सोध, किन हँ खेत बाँझो भनी
ती एक दुई वयस्कलाई सोध, दिन के कसरी काट्छौं भनी
परिवर्तन हेर्न शहर हैन, गाउँ जाउँ तिमी