म जीवन जिउँदै छु

मलाई विछ्यौनामा, प्रियसँग अंगालिन मन छ

छाला चाउरीएका कपाल फुलेका, बा-आमासँग बस्न मन छ

निश्चल हृदयका धनी, साना केटाकेटीसँग खेल्न मन छ

चिया पसलमा बात मार्दै, साथीभाईसँग बरालिन मन छ

आफन्त भेटघाटमा, सन्चो बिसन्चो भन्न मन छ

जन्मेको माटोमा, पसिनाका थोपा चुहाउन मन छ

मन भित्रका सपनालाई, विपनामा बदल्ने मन छ

गुरु वर्गसँग, अझै धेरै कुरा सिक्न मन छ

खै!

पढाईमा कमजोर भएर हो कि, शिक्षा नीति असान्दर्भिक भएर हो

सीप नभएर हो कि, शैक्षिक विधि समय सुहाउँदो नभएर हो

अयोग्य भएर हो कि, राज्यले रोजगारी दिन नसकेर हो

विवेकी नभएर हो कि, असल नेता नपाएर हो

मौलिकता भुलेर हो कि, आयातित नै सत्य लागेर हो

हो,

आज म समुन्द्र पारी, जन्मिएको ठाँउबाट टाढा छु

परिवार साथीभाई ईष्टमित्र, भन्दा टाढा छु

आँशुले मनको तिर्खा बुझाएको छु

सामाजिक सञ्जालका तस्वीरहरुमा रमाएको छु

एक्लोपन वाध्यता जिम्मेवारीमा विद्यावारिधि गर्दै छु

तैपनि

हरेक क्षण मृत्युलाई जित्न पाउँदा म जीवन जिउँदै छु।

Read on Sahitya Post


Published in Sahitya Post FB Group 2024.

enter image description here

I am thankful to one of my school math teacher for adding one more beautiful line, 8th. line.

Summarized by Chat GPT

यो कविता जीवनका साधारण खुसीहरू जस्तै प्रियसँग अंगालो मार्न, बा-आमासँग बस्न, केटाकेटीसँग खेल्न, साथीभाईसँग कुरा गर्न र आफ्नो जन्मभूमिमा काम गर्न प्रतिको गहिरो चाहनालाई व्यक्त गर्छ। शिक्षामा कमी, सीपको अभाव र राज्यको असक्षमताका कारण अवसरहरू गुमेकोमा दु:ख व्यक्त गरिएको छ। विदेशमा एक्लोपन र वाध्यताका बीच जीवन जिउनु परे पनि, हरेक क्षण मृत्युलाई जित्दै जीवनको मूल्यलाई स्वीकार्दै अघि बढेको भाव व्यक्त गरिएको छ।

Summarized by Google AI, Gemini

कविताले सरल समय र गहिरो सम्बन्धको चाहनालाई प्रतिबिम्बित गर्दछ। वक्ताले घरको आराम, परिवारको माया र मित्रताको आनन्दको लागि चाहान्छ। तिनीहरूले बाल्यकालको लापरवाह दिनहरू र मानव जडानको न्यानोपनलाई याद गर्छन्। आधुनिक जीवनका चुनौतीहरूको बावजुद, वक्ताले सम्बन्धहरूमा सान्त्वना पाउँछन्, चाहे तिनीहरू भर्चुअल भए पनि। तिनीहरूले प्रतिकूलतालाई पार गर्न र पूर्ण रूपमा जीवन जिउन जारी राख्नमा बल पाउँछन्। कविता मानव अवस्थाको एक मार्मिक अन्वेषण हो, आबद्धताको विश्वव्यापी चाहना, आधुनिक जीवनका जटिलताहरू र मानव आत्माको लचिलोपनलाई हाइलाइट गर्दछ।


Related posts

Published by

Author

Author

He is an accountant based in Kathmandu, Nepal. He holds an MBS and an LLB degree. In his free time, he enjoys cycling, hiking, reading, gardening, and spending time with friends and family. He is passionate about learning and sharing his knowledge with others.

Disclaimer: The majority of the content provided is generated by AI and is intended for educational purposes only. We are not liable for any losses, financial or otherwise, that may result from using this information. Users are advised to consult official and authoritative sources for verification and to make well-informed decisions.