केवल आँखाहरु बन्द मात्र थिए
सायद निन्द्रालाई खोज्दै थिए।
अनि शरीर कोल्टे फेर्दै थियो
सायद मन मस्तिष्कमा आंधी चल्दै थियो।।
अझै मुडो झैँ लडिरह्यो श्वास फेर्दै
सायद त्यो उज्यालो किरण आश गर्दै।।।
ब्युझिएर संसारतिर फर्की मिसिक्क हास्छ
सायद मुस्कानले नै संसार चल्छ।।।।