सरकार चलाउन जेल बस्नु पर्छ
सरकार चलाउन संबिधान जलाउनु पर्छ
सरकार चलाउन भाषण गर्न जान्नू पर्छ
सरकार चलाउन देश खोक्रो बनाऊनु पर्छ
सरकार चलाउन गणितको समिकरण जान्नू पर्छ
हो तिमी नेता हौँ एक सान्दार अभिनेता।
सरकार चलाउन युवा विदेश पठाउनु पर्छ
सरकार चलाउन गुन्डा दाहिने राख्नू पर्छ
सरकार चलाउन राजनितीक भागबन्डा मिलाउनु पर्छ
सरकार चलाउन झुटो देशभक्ति दर्साउँनु पर्छ
सरकार चलाउन शिक्षा स्वास्थ्य बिगार्नु पर्छ
हो तिमी नेता हौँ एक सान्दार अभिनेता।।