तिमी दोष नदेऊ, दोष तिमीमा पनि छ
दोषलाई बुझ, यसको फराकिलोपन कति छ भनेर
गुण तिमीमा पनि छ, गुण ममा पनि छ ।
तिमी चोट नदेऊ, चोट तिमीमा पनि छ
चोटलाई बुझ, यसको गहिराई कति छ भनेर
खुशी तिमीमा पनि छ, खुशी ममा पनि छ ।।
तिमी आँशु नदेऊ, आँशु तिमीमा पनि छ
आँशुलाई बुझ, यसको वहाव कति छ भनेर
मुस्कान तिमीमा पनि छ, मुस्कान ममा पनि छ ।
तिमी तिरस्कार नदेऊ, तिरस्कार तिमीमा पनि छ
तिरस्कारलाई बुझ, यसको घोचाई कस्तो छ भनेर
सम्मान तिमीमा पनि छ, सम्मान ममा पनि छ ।।