जन्म जे होस्, जीवन र मृत्यु अर्थपूर्ण हुनुपर्छ
काहानी जे होस्, सम्बन्ध र बोली फूल झैं सुमधुर हुनुपर्छ।
यतिकै फूलिदिन्छ, थाहा छैन भोलि कहाँ चढ्छ सजिन्छ
सुख दुःख जीवनका हर गोरेटोमा, प्रेमको सुगन्ध छरिदिन्छ।।
वन पाखा नाली गमला, बगैंचा झुपडी महल माटो चट्टान भन्दैन
राजा रैती, धनी गरिब, धर्म जात वर्ग केही भेदभाव यसले राख्दैन।।।
न मात्नु न नास्नु, रङ्गीन कोमल भै जीवन सजिरहोस्
फूलेका फूल नै फूल हो ओइली झरे पनि माटोमा मिलीजाओस्।।।।
Summarized by AI
यो कविताले जीवन, सम्बन्ध र अस्तित्वको अस्थायीत्वको गहिरो अर्थलाई जोड दिएको छ। जन्म जे-जस्तो भए पनि, बाँच्ने र मर्ने कुरा अर्थपूर्ण हुनुपर्छ भनी बताउँछ। सम्बन्ध र बोली फूलजस्तै सुमधुर हुनु पर्ने सन्देश दिन्छ, जसरी फूल आफ्नो भविष्यको थाहा नपाई फुल्छ तर सुख-दुःखको हरेक गोरेटोमा माया र सुगन्ध छर्छ। फूल जहाँ भए पनि, वन-पाखा, गमला, महल वा झुपडीमा भए पनि, यसले धनी-गरिब, धर्म-जातमा भेदभाव राख्दैन। अन्त्यमा, जीवन रङ्गीन र कोमल हुनुपर्छ, घमण्ड र विनाशबाट टाढा, र फूल ओइलिएर झरेपछि पनि विनम्रतासाथ माटोमा मिसिनुपर्छ भन्ने भाव व्यक्त गर्छ।