मेरा शब्दहरुमा, संगीत भरी गाइदिनु
मेरा व्यथाहरुमा, याद भरी लेखिदिनु।
तिमी रहने संसार, रमणीय भइदियोस्
तिम्रा कथाहरू, प्रेम र मिलनले लेखियोस् ।
म कतै तिम्रो गीत सुनी रहुँला
लेखिएका कथाहरूमा हराई रहुँला ।
फेरी पनि कँही म भेटिए भने
चिने झैं एक चोटि हाँस्यौ भने।
म यत्तिकै पनि रमाइदिन्छु
हाँसी खुशी बाँकी जीवन बिताईदिन्छु।
Published in Sahitya Post FB Group, December 2024