यहाँ अरूले होइन, आफ्नैले सुनाउँछन्,
सुन्नु कि नसुन्नु, मेरो इच्छा,
लिनु कि नलिनु, मेरो निर्णय,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
मेरो कथाको पात्र म आफैं,
विवस्था र अवस्था सँगै हुर्किएको,
सत्य मसँगै थियो,
तर तिमीले आवरण मात्र देख्यौ,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
मिठो कि नमिठो, दुई शब्दले के फरक पर्छ र?
नमिठा शब्दले मलाई टसमस पार्दैन,
तर तिनले तिम्रो चरित्रको चित्र कोर्छ,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
जीवनको रंगमञ्चमा सबै पात्र हुन्,
तर संवाद आफ्नै शैलीमा बोल्छु म,
ताली कि गाली, दुवैको मोह छैन,
म त मेरो सत्यको मार्ग हिँड्छु,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
परिस्थिति मेरो परीक्षा लिन्छ,
समयले मेरो सहनशीलता नाप्छ,
म दु:खमा झुकेन, सुखमा उफ्रेन्,
मेरो अस्तित्व मेरो आत्मसम्मानमा छ,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
तिमीले नियाल्यौ भने देख्यौला,
म आफ्नो पथ आफैं कोर्छु,
कहिले हाँसोमा लुक्छु, कहिले आँशुमा बग्छु,
तर म हराउँदिन आफ्नै पहिचानमा,
भन्नु कि नभन्नु, मेरो कमजोरी कि महानता।
Published in Sahitya Post FB Group Feb 2025