३१. एक सिक्काका, दुई पाटा
म पहाडको उचाइमा बसेर
शहर हेर्छु,
कता कता साना थोप्ला जस्ता हरियोपन,
अनि विशाल कँक्रिटको जङ्गल,
तुवाँलो लागेको जस्तो मधुरोपन।
म विपरीत दिशातर्फ फर्कन्छु
खुलेर हाँसिरहेका हिमालहरू,
बादलसँग लुकामारी खेल्दै,
चिसो हावाको स्पर्ष -
शीतलताको अर्कै न्यानोपन।
त्यो शहर
बस्ती नजिक बग्ने खोला,
कालो, दुर्गन्धित, - “ढलमती” भन्छन्,
हिमाल पहाड छोएर आउन हावा,
हिँड्दा–बस्दा लगाउनुपर्छ मुखमा पहिरन।
दोषी हो को
सरकार की जनता ?
दुवै एक सिक्काका, दुई पाटा
हातेमालो गरौँन, अब साथ-साथ
सुन्दरता साझा, हामी एक भईकन ।
२०८२