३६. जीवनको शाश्वत सत्य
अमर त सत्कर्म हो, शरीर नाशवान
सुन्दर त विचार हो, रूप बाहिरीपन।
अन्तर्दृष्टीले ब्रह्माण्ड देख्छ, आँखाले वरिपरी
बैरी मित्र मनमा खेल्छ, जीव जगत सर्वोपरी।
न थियो, न छ आज, न भोलि रहन्छ
अस्थायी हो सब, चक्र घुमिरहन्छ।
न नाश अमूल्य जीवन, चोला एक बारको
उपहार बाँड खुशीको, होइन बजारको
छैन दुःख त, साथको लिन्छौं अनुभूति कसरी
समतामा समाज हुर्किन्छ मौल्याउँछ जसरी।
लडाई त हर युगमा चलेकै छ, अस्तित्वको
विजय त सधैँ एउटै हुन्छ, सत्य र धर्मको।
२०८२