३७. पराजयको प्रार्थना
म पराजय चाहन्छु,
मृत्यु युद्ध चाहन्छ।
म थाकेर असाहय हुन्छु,
मृत्यु आफ्नो शक्ति देखाउँछ।
आशाको दियो धेरै पल्ट जलाएँ,
हावाको वेगले बल्नै दिएन।
वरदानको ढोका धेरै धकधकाएँ,
भगवान ध्यानबाट उठ्दै उठेनन्।
जीवन माग्नेहरु धेरै देखें,
म मृत्यु मागिरहें।
बाँच्ने रहर गर्नेहरु देखें,
म मृत्यु शैया रोजिरहें।
म लडिरहें, थाकिरहें...
पराजय र मृत्यु मागिरहें।
२०८२
Listen Audio Song
Lyrics: Santosh Tandukar | Compose & Vocal: Suno AI