५. भीडमा एक्लो उभिए झैँ भएछ

 

सुख खोजी हिँड्दा खुसी कतै छुटेछ

सम्बन्धहरु छुटेछन्

हिँड्ने बाटो पनि छुटेछ

विश्वास कतै हराएछ

 

आत्मसम्मान मैलिएछ

त्यो भीडमा पनि

म एक्लो उभिए झैँ भएछ।

 

अरूलाई बुझ्दै गर्दा 'म' कतै हराएछ

स्वार्थ चुलिन थालेछ

घमण्ड आकशिन पुगेछ

समझ कतै हराएछ

एक्लोपन मडारिएछ

 

त्यो भीडमा पनि

म एक्लो उभिए झैँ भएछ।।