१. म मन्दिर जान्छु

 

म मन्दिर जान्छु

त्यहाँ ठूलो भीड देख्दछु

एकटक भई हेर्दछु

भीड मानिसहरूको

 

पूजा अर्चना गर्नेहरूको लाम

दर्शन गर्नेहरूको हूल

रङ्गीचङ्गी फूलमाला अभिर केशरी

सुगन्धित धूप बत्ती सजावट

 

एक पछि अर्को घण्टी बज्दा

त्यसको ध्वनि तरङ्गमा

म आफू ॐ को

ब्रह्माण्डमा हराउँछु

 

भीड मानिसहरूको

 

व्यापार गर्नेहरुको

भीक मागी गुजरा चलाउनेहरुको

आशन लिई कार्य गर्नेहरूको

मौका पर्खि रहेका पाकेटमारहरुको

 

देवता खोज्दै छन् सब यहाँ

भिन्न भिन्न छ तरिका

कोही मन्दिर भित्र

कोही मन्दिर बाहिर

 

कोही कसैले भेटे भेटेनन्

थाहा छैन

मैले के भेटे पत्तो पाइन्

म मन्दिर जान्छु

 

त्यहाँ ठूलो भीड देख्दछु ।

 

२०८२ 

 

Maha Laxmisthan - Laxmi Puja