८. मेरो नेता मेरो चिन्ता

 

म चुकुल लगाएर भित्र, देश विकासको सपना देखिरहे

नेता कार्यकर्ता बाजा बजाएर, बाहिर चुनावमा सपना बाडिरहे

 

ढोका खोली अघि बढे, कोही मेरो सपना बोकी दैलोमा आएछ

चेतना एक ठाउँ थियो विश्वास अन्तै, एक मत मेरो पनि भएछ

 

जनताको मतले सपना, मेरो नेता कर्म थलोमा पुगेछ

त्यहीँ कर्म थलोमा, मेरो नेता विचौलियाको अपहरणमा परेछ

 

हेर्दा हेर्दै मेरो नेतालाई, राजनीति एक पेशा भएछ

व्यापारी र स्वार्थ समुहको, ठूलो दलाली भएछ

 

म मेरो पुस्ता भावी पुस्ता, भनी सोचिरहे कराईरहे

मेरो नेता कुर्सीको खेलमा सत्ताको बागडोरमा भुलिरहे

 

मैले चिन्ता गर्न छाडिन्, मेरो नेताले घात गर्न छोडेन

मैले परिवर्तनको लागि चिच्चाईरहे, मेरो नेताले दबाउन छाडेन

 

चेत छ मेरो नेतामा जनता केन्द्र, व्यवस्था अस्थायी भनेर

डर छ कतै अख्तियार लाग्छ, पतन हुन्छ कि भनेर

 

म चुकुल लगाएर भित्र, देश विकासको सपना देखिरहे

म निद्रामै देश विकास भएकोमा रमाई रहे, रमाई रहे।