२२. वास्तविकता

 

अल्झिएको संसारमा कतै तिमी पनि अल्झियौकि

संसारिक खुशीसंग त्यसै त्यसै आफैमा जल्यौकि

 

जानी नजानी शब्दका बाण धनुबाट छुटेकी

तिम्रा प्रहारले तिमीलाई एकलै कतै बनायोकी

 

पानीका थोपहरुले अझ जलाउन सक्ला

घमण्डको तापले अझ डढाउन सक्ला

 

जीवनका यथार्थ सरल छ केवल मनन गरे

विचार र ब्यबहार स्वस्थ छ केवल अठोट गरे

 

जहाँ जे जस्तो छ त्यो संसार हो

रमाउनु अनि सजाउनु जीवन हो