१५. हृदयको एउटा कुनामा
चित्र र ढुङ्गाका ईश्वरमा केबल आस्था पाएँ
मैले त ईश्वर म, तिमी, तिनी, उनी सबमा पाएँ
ति क्षणहरु सम्झन्छु ईश्वर मैले भेटेको
ति पलहरु सम्झन्छु मैले जिवनमा भोगेको
म जात वर्ग धर्म अनि समाजबाट अलग छैन
म मानव हूँ त्यो सत्यबाट अल्मलिएको छैन
मैले ईश्वर मेरो हृदयको एउटा कुनामा पाए
मैले ईश्वर तिम्रो हृदयको एउटा कुनामा पाए।