१३. जीवन
आमाको कोखबाट सुरू हुने जीवन
अन्त्यमा धर्तीमा विलीन हुने जीवन
मलाई किन आगो झैं पोल्दछ?
चार दिनको त हो भन्छन् जीवन
मोडै मोडहरुले घेरिएको जीवन
मलाई किन अल्मलिएको झैं लाग्दछ?
सुख अनि दुःखको चक्रसरी जीवन
संघर्षले भरिपूर्ण भएको जीवन
मलाई किन केवल दुःख लाग्दछ?
हाँस्नु अनि रूनु पलहरुको जीवन
पाउनु अनि गुमाउनु क्षणहरुको जीवन
मलाई किन आँशुले भरिएको सागर लाग्दछ?
प्रकृतिको एक उत्तम वरदान जीवन
धनी अनि गरीबको भेद गराउने जीवन
मलाई किन गरिबीको सर्पले डसेझैं लाग्दछ?