२३. चित्र र पाठक

 

जीवन घोत्लिएर हेर, यो त एउटा सादा पाना न हो

रंगहरु तिम्ले पोतेका छौ, पोतिरहेछौ र पोत्ने छौ

तिमी त आफैंमा एउटा सुन्दर चित्रकार हौं । (२)

 

केवल समयसंगै रंगहरु मिलाएर त हेर

त्यो सादा पानामा तिमि एउटा चित्र कोर्दै छौं

त्यो सादा पानामा तिमि एउटा कथा लेख्दै छौं ।

 

कसैले त्यसलाई हेर्ने छ अनि पढ्ने छ (२)

सायद कमैले त्यसलाई बुझ्ने छ

रंग र आकृतिमाँझ तिमीलाई खोज्ने छ।

 

आफ्नो वरपर कतै सजाउने छ

तिमीलाई आफैंमा एउटा नँया व्यख्या गर्नेछ

तिमीलाई नै हेरी जीवनका नंया रंगहरु भर्नेछ। (२)