२७. परिवर्तन हेर्न शहर हैन, गाउँ जाउँ तिमी

 

परिवर्तन हेर्न शहर हैन, गाउँ जाउँ तिमी

ती बूढा बा आमालाई सोध, खै त छोरा छोरी भनी

 

ती कलिला केटा केटीलाई सोध, खै त बुवा आमा भनी

ती एक दुई किसानलाई सोध, किन हँ खेत बाँझो भनी

 

ती एक दुई वयस्कलाई सोध, दिन के कसरी काट्छौं भनी

परिवर्तन हेर्न शहर हैन, गाउँ जाउँ तिमी