३३. एक्लो यात्री र जनमतको मञ्च
एक्लैको यात्रा
केही पर अवश्य पुगिएला
गन्तव्यमा पनि पुगिएला
आवाज पनि होला दबिएको
बोलिने मञ्च पनि होला जनमतको ।
एउटा ईटले मात्र
सबल आकृति दिन सकिँदैन
पर्खाल यसै भत्काउन सकिँदैन
टुक्रिएकाहरुले शासन कहिल्यै गर्दैनन्
एक्लै हिँड्नेहरु भीडमा भेटिने गर्दैनन् ।
चाहन्छौ परिवर्तन?
विचार बोकी एक्लो यात्रा शुरु गर
यात्रामा हिँडेकासँग एकताको पहल गर
ईट ईट मिलाई बलियो पर्खालको बनाऊ
मञ्चबाट आवाज बुलन्द बनाऊ ।
२०८२