३९. नेता जित्छन्, जनता हार्छन्
आयो है आयो पर्व चुनावको
भारी छुट सहित सपनाको
हर प्रतिस्पर्धाको हुन्छ मूल्य
एक एक भोट हुन्छ अमूल्य
बहुदलमा धेरै छन् है दलहरु
नेता सांसद मन्त्री बन्ने रहरहरु
सिद्धान्त त मात्र एक शब्द न हो
भोग चलन त पहुँच हुनेका न हो
जितेरै जित्छन् नेताहरु
हारेर नै जित्छन् नेताहरु
जितेरै हार्छन जनताहरू
हारेर नै हार्छन जनताहरू
परनिर्भर तीतो सत्य बाँचिरहेछ
आत्मनिर्भरको नारा लागिरहेछ
नाचघरको मञ्चन, स्वदेशी कला
कथाका शब्दमा परदेशी गला
एकता विकास समृद्धि गूंजिरहन्छ
स्वाभिमान यत्रतत्र बिकिरहन्छ
२०८२
Listen Audio Song
Lyrics: Santosh Tandukar | Compose & Vocal: Suno AI