११. फूलेका फूल नै फूल हो
जन्म जे होस्, जीवन र मृत्यु अर्थपूर्ण हुनुपर्छ
काहानी जे होस्, सम्बन्ध र बोली फूल झैं सुमधुर हुनुपर्छ।
यतिकै फूलिदिन्छ, थाहा छैन भोलि कहाँ चढ्छ सजिन्छ
सुख दुःख जीवनका हर गोरेटोमा, प्रेमको सुगन्ध छरिदिन्छ।
वन पाखा नाली गमला, बगैंचा झुपडी महल माटो चट्टान भन्दैन
राजा रैती, धनी गरिब, धर्म जात वर्ग केही भेदभाव यसले राख्दैन।
न मात्नु न नास्नु, रङ्गीन कोमल भै जीवन सजिरहोस्
फूलेका फूल नै फूल हो ओइली झरे पनि माटोमा मिलीजाओस्।