४. तिम्रो पुस्तालाई सलाम गर्नु छ

 

सलाम छ तिम्रो पुस्तालाई

क्षणभरमै फाली दियौ फोहरी पुस्तालाई

सम्झने छन् हर पुस्ताले सपुतका बलिदानलाई

इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ तिम्रो देश प्रेमलाई

 

अवस्था व्यवस्था सब परिवर्तन भयो

आशाका नयाँ किरणहरुको उदय भयो

गुम्सिएका सब विद्रोहको विष्फोट भयो

एउटा नवीनतम विहानीको संघारमा देश उभियो

 

तर पनि,

 

ईतिहास बोकेको जनताको सम्पत्ति जल्यो

घटनाक्रम र प्रमाणका जस्ताबेज मासियो

खेलमैदानमा घुसपैठ अवसरवादीले हारेर जिते झैँ भयो

गौरवशाली यो पुस्ता जितेर हारे झैँ भयो

 

हो,

 

ईतिहास यसरी नै लेखिने हो

सकिएरै फेरी नव शुरुआत हुने हो

फटाहा नभएको समाज कहाँ हुन्छ र

जितमा पनि हाँस्न नसकेको मन कहाँ हुन्छ र

 

अब,

 

आवाज सँगै जिम्मेवारी पनि थपिएको छ

जितसँगै सपनालाई साकार बनाउनु पनि छ

हातेमालो गरी नेपाली एकजुट भएर हिँड्नु पनि छ

फेरी एक चोटी तिम्रो पुस्तालाई गर्वले सलाम गर्नु नै छ ।

 

२०८२ 

 

On September 8 and 9, 2025, a massive youth-led uprising occurred in Nepal following a government ban on social media platforms, which became a catalyst for widespread protests against corruption and inequality . Peaceful demonstrations turned violent, resulting in clashes with security forces, the storming of government buildings, and a significant number of deaths and injuries. This event led to the resignation of Prime Minister K.P. Sharma Oli, a reversal of the social media ban, and calls for political and social reform.