३२. अविरल म
मुहानबाट
निस्वार्थ अविरल
म आफ्नै बाटो बगिरहन्छु
कल-कल झर-झर, नाँच्दै गाउँदै
वन पाखा, मैदान, गाउँ, शहर घुम्दै।
सुरुवात छ
निरन्तर यात्रा
म आफ्नै बाटो बगिरहन्छु
सभ्यताहरु, जन्माउँदै हुर्काउँदै
ईतिहासमा अध्यायहरु कोर्दै।
निस्वार्थ
न जाल न झेल
म आफ्नै बाटो बगिरहन्छु
जीव वनस्पति, हर प्राणको मित्र बन्दै
विश्व अस्तित्वको जिवन्त साक्षी बस्दै।
२०८२
Listen Audio Song
Lyrics: Santosh Tandukar | Compose & Vocal: Suno AI