१४. नाङ्गो नाच

 

विना वस्त्र आज तिमी एक नाङ्गो

सँधै देख्छु महंगा वस्त्रधारी त्यँहा नाङ्गो ।

 

नचाउनेले नचाईरहेछ बजाउनेले बजाईरहेछ

यँहा त सँधैं नाङ्गो नाच प्रदर्शन भईरहेछ ।।

 

न लज्जा छ, न शिर कहिल्यै ठाडो, मन कालो

आमा लुटी सन्तान ढाँटी सत्ता आलो पालो।।।

 

Source: Kathmandu, May 8 : Lawmaker Amaresh Kumar Singh took off his clothes in parliament protesting over not allotting time for him to speak during the 'urgent time' in a session of House of Representatives today.

https://risingnepaldaily.com/news/26470