२५. रणभूमि र शान्ति

 

नैतिकता बिर्सियो, शक्ति सत्ताको घमण्ड गर्छन्

बन्दुक गोला बारूदले, कति नर संहार गर्छन्

 

कुन भगवानको कुरा तिमी गर्दछौँ, कता पो छन्

यँहा धर्म अनेक, ईश्वर अनेक भेटिन्छन्

 

लाग्दैन कृष्ण, बुद्ध, जिसस फेरि जन्मने छन्

बनिरहेको यो रणभूमिमा, फेरि शान्ति छर्ने छन्