२६. युग बदलिन्छ

 

समयसँगै युग बदलिन्छ

मन, विचार, र अवस्था बदलिन्छ

सम्बन्ध, एक्लोपन, र आत्मियता बदलिन्छ ।

 

बदलिन्छ

 

ती कोमल छाला चाउरिन्छ

काला केश सेता हुन्छन्

बामे सर्ने लौरी टेक्छन् ।।

 

बदलिँदैन त केवल, सत्य

मात्र खोज्ने तरीका बदलिन्छ ।।।