३४. एउटा लेखापाल
लेखाका सर्वमान्य सिद्धान्तहरू
डेबिट क्रेडिटका सुनौला नियमहरू।
हरेक कारोबारका श्रोत र भौचरहरु
भिन्न भिन्न खाता र प्रविष्टहरु।
दाँया बाँया बराबर हिसाब मिलेका
ट्रायल ब्यालेन्स बराबर भएका।
आम्दानी खर्च एक अवधिको भयो कति
नाफा - नोक्सान, कर तिर्ने भयो कति।
लिनु र दिनु कति, कुनै एकदिनको हिसाब हेरी
पूँजी, दायित्व, सम्पत्तिको अवस्था कस्तो छ फेरी।
नगद प्रवाह एक अवधिको भयो कसरी
सञ्चालन, वित्त, लगानीमा प्रवाह भयो जसरी।
चलिरहन्छ चक्र लेखाको हरेक साल
आँट, धैर्य र इमानले
राखिरहन्छ हिसाब किताब सदा एउटा लेखापाल।
२०८२